Swornakshar Logo

हेटौंडामा पत्रकार महासंघ प्रदेश ३ को वार्षिक साधारण सभा सुरु

१८ असार । हेटौंडा । प्रदेश नं ३ को नेपाल पत्रकार महासंघ समितिको प्रथम वार्षिक साधारण सभा र एवम् मिडिया सम्मेलन आजदेखि हेटौंडामा सुरु भएको छ । साधारण सभाको उद्घाटन प्रदेशका कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार उद्घाटन गरेका हुन् । सभा दुई दिनसम्म चल्ने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कृष्ण गिरी, महासंघका महासचिव रमेश विष्ट, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत, ३ नम्बर प्रदेशका प्रेस रजिष्ट्रार रेवति प्रसाद सापकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश ३ का समिति अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ मकवानपुरको आतिथ्यतामा साधारण सभा शुरु भएको हो । कार्यक्रममा प्रदेशका १० जिल्ला (उपत्यका बाहेक)का अध्यक्ष सहित प्रदेश पार्षद्हरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ प्रदेश ३ का सचिव कृष्ण सारु मगरले जानकारी दिए ।