Swornakshar Logo

बझाङ जिप दुर्घटनाः मृत्यु भएकामध्ये ८ जनाको सनाखत

२ असार । काठमाडौं । बझाङमा जिप दुर्घटनामा मृत्यु भएका ९ जना मध्य ८ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्ग्रीबाट मस्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मस्टा गाउँपालिका–१ कोट देवल भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाउँपालिका– १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले जानकारी दिए ।

घाइतेहरुको उद्धार हेलीकप्टरमार्फत गरिएको छ ।