Swornakshar Logo

प्रधानमन्त्रीको उडानले ४० मिनेट अन्तर्राष्ट्रिय विमानस्थल बन्द

जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीको उडानका कारण त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल आधाघण्टा अरु उडान बन्द हुने भएको छन। विमानस्थल कार्यालयका अनुसार ओली बैंककबाट काठमाडौं आयका प्रधानमन्त्री चढेको जहाज बेलुका सात बजे पछि अवतरण भयो।

जहाज अवतरण भन्दा १५ मिनेट अघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द भयो ।

यसबाट अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। आन्तरिक तर्फका धेरै उडान भएपनि यो समयमा अन्तर्राष्ट्रिय तर्फका आधा दर्जन उडान रहेका छन्। यही कारणले गर्दा आधार दर्जन उडान तथा अतवरण प्रभावित हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ।

राति १० बजे विमानस्थल बन्द गर्नैपर्ने बाध्यता कारणले केही उडान रद्धसम्म हुनसक्ने विमानस्थल कार्यालयका अधिकारीहरुले बताए। यद्यपी भिभिआइपी उडानका कारणले केही ढिला भएमा नोटामकै समयमा पनि उडान अनुमति दिन विमानस्थल प्रशासन सकारात्मक हुन सक्नेछ।