Swornakshar Logo

हेटौंडाबाट ३१ किलो गाँजासहित एक भारतिय नागरिक पक्राउ

वैशाख १९। हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३१ किलो लागूऔषध गाँजासहित एकजना लाई पक्राउ गरेको छ । बिहिबार विहान ३१ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ परेको हो ।पक्राउ पर्नेमा भारतिय नागरिक बिहार मुजफ्फरपुर ८ बस्ने बर्ष २६ को राजकुमार यादवलाई रहेका छन् । उनलाई प्रहरीले हेटौंडा १५ रातोमाटेबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ मा शंकास्पद रुपमा पार्कीङ् गरी रोकी राखेको बि आर २९७५६५ नम्बरको सुमोलाई चेकजाँज गर्दा लागू औषध फेला परेपछि सुमोसहित भारतिय नागरिकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतिय नागरिकको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।