Swornakshar Logo

७ सय २६ धान लागुऔषधसहित कपिलवस्तुबाट एक युवक पक्राउ

बैशाख १०,कपिलवस्तु । सात सय २६ थान लागुऔषधसहित कपिलवस्तुमा एक युवक पक्राउ परेका छन्। भित्रीवस्त्रभित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिंकगेट अगाडिबाट दाङ घोराही उपमहानगरपालिका १४ का २६ वर्षीय आशिष पाण्डे पक्राउ परेका हुन्।

उनीमाथि शंका लागेर शरीर तलासी गर्दा पाण्डेले लगाएको पेन्टीभित्र कालो प्लाष्टिकमा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पाण्डेको साथबाट नाइट्रोभेट ३ सय ७७ थान, स्मास्मोलाइफ र अप्राक्विल गरि २ सय ४० थान, अल्ट्राकेट, प्रोक्सोभन, अल्ट्रारेक्स र कोरेक्स गरि सातसय २६ थान लागुऔषध फेला परेको हो ।