Swornakshar Logo

नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल,सचिवमा प्रेमबहादुर पुलामी

नेकपा मकवानपुरको पहिलो अध्यक्षमा तत्कालिन नेकपा एमाले अध्यक्ष रहेकी मुनु सिग्देल र सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ चयन भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।