Swornakshar Logo

प्रदेश ३ सरकारले हुरीबतास पीडितलाई दियो एक करोडको चेक

वैशाख ४ प्रदेश नम्बर तीनको सरकारले बारा र पर्साका हुरीबतास प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ।

बुधबार जनकपुरमा दुई नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि प्रदेश तीन सरकारले बारा र पर्साका हुरीबतास प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। गत चैत १९ गते राति बारा र पर्साका विभिन्न क्षेत्रमा आएको भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए।

यसैबीच, प्रदेश ३ का प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका छन्।