Swornakshar Logo

एमालेमा विभागीय सचिव मनोनयन, केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा एमालेले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विभागका सचिवहरुको मनोनयन गरेको हो ।
यसको साथै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ ।

बैठकले विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यसमा मनोनीत गरेको छ ।

बैठकले एमालेले मधेस प्रदेशको सहइन्चार्जमा रामदयाल मण्डललाई जिम्मेवारी दिएको छ । त्यस्तै महोत्तरी जिल्ला इन्चार्जको जिम्मेवारी सरोज यादवले पाएका छन् ।

त्यस्तै धनुषा जिल्ला सहइन्चार्जमा प्रमोदनारायण यादवले जिम्मेवारी पाएका छन् । त्यस्तै पोखराको मेयरमा पराजित कृष्ण थापा कास्की जिल्ला इन्चार्जमा चयन भएका छन् भने भीम कार्की भूमि व्यवस्था विभाग उपप्रमुखमा मनोनीत भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यी हुन विभागका सचिवहरू

उद्योग विभाग( सुन्दर भुसाल

कृषि तथा पशुपन्छी विभागः विमल शर्मा

पुस्तकालय विभागः सुरज अधिकारी

पर्यटन विभागः घनेन्द्र श्रेष्ठ

युवा तथा खेलकुद विभागः मेघराज पौडेल

भूमि व्यवस्था विभागः आरसी लामिछाने

भौतिक पुर्वाधार विभागः एसपी शर्मा

सहकारी विभागः केबी उप्रेती

विपत व्यस्थापन विभाग : सोभित ढकाल

विज्ञान तथा प्रविधि विभागः सन्जिव रोकाहा

सामाजिक सुरक्षा विभागः पुष्कर खाती

शहरी विकास विभागः गजेन्द्र थपलिया

जिम्मेवारी हेरफेर
कृष्ण थापाः कास्की इन्चार्ज

रामदयाल मण्डलः मधेस सहइन्चार्ज

सरोज यादवः महोत्तरी इन्चार्ज

प्रमोदनारायण यादवः धनुषा सहइन्चार्ज

भीम कार्कीः उपप्रमुख भूमि विभाग

मनोनीत केन्द्रीय सदस्य

जीवन गौतम

धर्मदत्त देवकोटा

अमृत राजवंशी

बृजेश गुप्ता