Swornakshar Logo

मकवानपुरमा तीन स्थानीय तहको मतगणना सम्पन्न (सूचिसहित)

हेटौंडा । मकवानपुरका तीन स्थानीय तहको मत गणना सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय मध्ये ३ स्थानीय तहको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मकवानपुरले जनाएको छ ।

जिल्लाको इन्द्रसरोबर गाउँपालिका,भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लाको इन्द्रसरोबरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित २ वटा वडामा वडामा जितेको छ ।

यसैगरि,भिमफेदीमा नेकपा एमालेले अध्यक्ष जितेको छ । उपाध्यक्षमाा गठबन्धनबाट नेपाली कांग्रेले जितेको छ । यहाँको ९ वटा वडा मध्ये एमालेले ५ वटा वडा र कांग्रेस र माओवादीको गठबन्धनले क्रमशः ३ र १ वटा जितेको छ ।

यसैगरी,कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट कांग्रेसका लोक बहादुर मुक्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी निर्वाचित भएका छन् ।

यहाँ ५ वटा वडामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र एक वडामा विजयी भएको छ ।

यि हुन् भीमफेदीमा निर्वाचित हुनेहरुः
अध्यक्ष ः हिदम लामा नेकपा एमाले
उपाध्यक्ष ः संजिब श्रेष्ठ,गठबन्धनबाट नेपाली कांग्रेस
१ नंबर वडा अध्यक्षः सोम बहादुर स्याङतान,नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः काशी राम बज्यु,नेकपा एमाले
३ नंबर वडा अध्यक्षः पृति लाल लामा,नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः सागर पाण्डे,नेकपा एमाले
५ नंबर वडा अध्यक्षः जाहार सिं लामा, नेकपा एमाले
६ नंबर वडा अध्यक्षः सोम बहादुर घलान,नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्षः मित्र बन्धु सिजाली,नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षm विष्णु बहादुर लामा,नेकपा एमाले
९ नंबर वडा अध्यक्षm प्रकाश पुडासैनी,नेकपा एमाले

इन्द्रसरोबरमा निर्वाचित हुनेहरु
अध्यक्षः देव कृष्ण पुडासैनी शर्मा,नेकपा एमाले
उपाध्यक्षः उमा कुमारी लामा, नेकपा एमाले
१ नंबर वडा अध्यक्षः शुवास थापा मगर, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः सुमन श्रेष्‍ठ,नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्षः प्रताप भोम्‍जन,नेकपा एमाले
४ नंबर वडा अध्यक्षm चन्द्र कुमार बल,नेकपा एमाले
५ नंबर वडा अध्यक्षm दुत राज तितुङ,नेपाली कांग्रेस

कैलाशमा निर्वाचित हुनेहरु
अध्यक्षः लोक बहादुर मुक्तान,गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः बाल कुमार मल्ल ठकुरी,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः तेज बहादुर ब्लोन,नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः राजेन्द्र तामाङ घिसिङ,नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्षः देव लाल बल,नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः तीलक बहादुर मुक्तान,नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः छेकु लामा,नेकपा एमाले
६ नंबर वडा अध्यक्षः राम बहादुर गोम्बा,नेकपा एमाले
७ नंबर वडा अध्यक्षः उदास कुमार भोलन,नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षः आशिष प्रजा,नेपाली कांग्रेस
९ नंबर वडा अध्यक्षः वन सिं घलान,नेपाली कांग्रेस
१० नंबर वडा अध्यक्षः सूर्य बहादुर ब्लोन,नेकपा एमाले