Swornakshar Logo

विवाद भएपछि थाहा ७ मा पुनः मतगणना

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ७ मा विवाद भएपछि पुनः मतगणना सुरु भएको छ । थाहा ७ को मतपरिणाममा विवाद भएसंगै पुनः मत गणना सुरु गरिएको बताइएको छ । थाहा ७ मा मत परिणाम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बिनायक गोलेले १० मत बढि प्राप्त गरेपछि नेपाली कांग्रेसका उम्मेदवार शिवराज थिङले वडा अध्यक्ष पदको पुन मतगणना गर्न निवेदन दिएका थिए ।

‘१० मतमा विवाद भएकाले अव अध्यक्ष पदमा मात्र पुन मत गणना सुरु भइसकेको छ । निर्वाचन कार्यालयको आधिकारिक घोषणा बिना नै माओवादी केन्द्रका प्रतिनिधि विजय भएको भन्दै हल्ला गरेका थिए ।