Swornakshar Logo

हेटौंडा २ को अध्यक्षमा गठबन्धनका महर्जन विजयी निकट

हेटौँडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जन विजयी निकट पुगेका छन् ।
वडा नम्वर २ मा जम्मा ३ हजार २ सय ८६ मत खसेकोमा हालसम्म २ हजार ९ सय २६ मत गणना भएको छ । अब जम्मा ३ सय ५९ मत मात्रै गन्न बाँकी रहेको छ ।

२ हजार ९ सय २६ मत गणना हुँदा नै ३ सय ६५ मतले अग्रता लिएपछि महर्जन विजयी निकट पुगेका हुन् । ३ सय ५९ मत गणना हुन बाँकी रहेकोले आधिकारिक रुपमा उनी विजयी भएको घोषणा गर्न भने बाँकी छ ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका हरि राउतले ७ सय २४ मत ल्याएका छन् भने राप्रपाका किशोर ढकालले ४८४ मत पाएका छन् । वडा नम्वर १ मा पनि गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका थिए ।