Swornakshar Logo

मकवानपुरको ईन्द्रसरोबर र भीमफेदी अध्यक्षमा एमाले निर्वाचित

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित भएका छन् । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई हराएका हुन्।

पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् ।

इन्द्रसरोबर गाउँपालिकाको उपप्रमुख दुबैमा नेकपा एमालेकी उमाकुमारी लामाले निर्वाचित भएकी छन् ।
लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली कांग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत ल्याइन् । इन्द्रसरोबर गाउँपालिकाको ५ वटा वडामध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले दुईवटा वडामा जित हात पारेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी भएका हुन् ।

लामाले ५ हजार ५ सय ९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरे । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । एमालेकी पार्वती रानाले ५ हजार २ सय ९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।