Swornakshar Logo

गौतमबुद्ध विमानस्थलको उद्घाटन, मुलुक हवाई उडानको नयाँ युगमा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै देश हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने दाबी गरे ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे ।