हेटौंडाको मेयरमाा गठबन्धनकी मिना लामाको अग्रता जारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा उपमहानगरपालिकामा एक हजार ७ सय मतगणना हुँदा गठवन्धनकी उम्मेदवार मिना लामाले ५४० मत ल्याएर अग्रता कायम गरेकी छन् । एमालेका मेयरका अनन्त पौडेलको ४९८ मत ल्याएका छन् । लामाले पौडेलभन्दा ४२ मत बढी पाएकी छन् ।
राप्रपाका दिपक बहादुर सिंहले ४६० मत ल्याएका छन् ।
उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ७५६, एमालेकी सुमित्रा काफ्लेले ६०० र राप्रपाकी इन्दिरा डल्लाकोटीले १२४ मत पाएकी छिन् ।
वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ३६८ मत पाउँदा एमालेका उत्तम पौडेलले ३३७ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ४५ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्: