Swornakshar Logo

थवाङ–५ मा एमाले ,कांग्रेस र विप्लवको गठवन्धनलाई हराउँदै माओवादी विजयी

काठमाडौं । माओवादी जनयुद्धको आधार क्षेत्र रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले पुरै प्यानल जितेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् ।

यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव नेकपाले गठवन्धन गरेका थिए । नगरपालिकाको मेयरमा माओवादीका ऋषिकेशव बुढामगरलाई उठाएको छ । यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।