Swornakshar Logo

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आयोग कार्यालयमा बैठक सुरु भएको छ । आयोगले बोलाएको बैठकमा साना ठूलो राजनीतिक दलहरु सहभागी छन् ।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने भनेको हरियो रंगको मतपत्रका बारेमा एमालेले आपत्ति जनाएको छ । यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।