Swornakshar Logo

माओवादी बैठक सकियो , प्रदेश इन्चार्जको जिम्मेवारी तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकबाट एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको नेता जनार्दन शर्माले बताए।

उनले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए । यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

प्रदेश इन्चार्जको कार्यविभाजन
सोमबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले प्रदेश कमिटी इन्चार्ज तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल इन्चार्ज चयन भएका छन् ।

प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउेन निर्णय गरेको हो ।

आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाउने भएको हो । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउने निर्णय गरेको हो ।

माओवादी पदाधिकारी, स्थायी र पोलिटब्युरो गठन गर्न सकेन

माओवादीले यो बैठकबाट पनि पार्टीका महत्वपूर्ण अंग मानिने कमिटीहरु गठन सकेन । गत पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।

महाधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि उपाध्यक्ष, महासचिव, सचिव लगायतका बाँकी १४ पदाधिकारी चयन गर्न असफल भएको हो । शुक्रबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेपनि केन्द्रीय कमिटीलाई पूर्णता दिदै बैठक समापन गरेको छ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष प्रचण्डले चुनाव नजिकिएकाले पदाधिकारी र कमिटी गठन गर्न अझै छलफल आवश्यक भएको भन्दै ती कमिटीहरु पछि बनाउन उपयुक्त हुने धारणा राखेका थिए ।