Swornakshar Logo

नेकपा एसको पोलिटब्युरो बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बसेको छ । काठमाडौंमा पोलिटब्युरो बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने कार्यक्रम रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसको अलवा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

पहिला एमसीसीको विरोध गर्दै आएको समाजवादी अन्तिम समयमा एमसीसी अनुमोदनको पक्षमा उभिएको थियो । तर, सम्मानित नेता झलनाथ खनाललगायतका केही नेताले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपनि त्यसको तात्विक अर्थ नरहेको भन्दै आपत्ति जनाउदै आएका छन् ।