Swornakshar Logo

हाम्रै लगानीमा मल कारखाना खोलौ : कृषि मन्त्री हुमागाईं

हेटौंडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौंडामा रसायनिक मल कारखाना स्थापना गर्ने सम्वन्धमा छलफल सुरु गरेको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले मल कारखाना हामी आफ्नै लगानीमा बनाउने बताए । नेपाल सरकार, प्रदेश सरकारहरु, यहाँका उद्योगी व्यावसायीहरु, किसानहरु समेतको लगानीमा मलकारखाना निर्माण गर्न पहल गर्ने बचन दिए। हामीमा इच्छा सक्ति छ । त्यसले सरकारात्मक रुपमा काम गर्ने हो भने असम्भव नभएको बताए ।

काठमाडौं विश्व बिद्यालयको प्राबिधिक सहयोगमा मल कारखाना निर्माणमा लाग्नुपर्ने बताउँदै मन्त्री हुमागाईले भने, ‘सरकार परिवर्तन भइरहन्छ । तर, मन्त्रालयका कर्मचारीहरुले यसलाई बिशेष जोड दिनुपर्छ ।’ यस विषयमा मुख्यमन्त्रीले पनि चासो दिएको र मन्त्रीपरिषद् बैठकमा पनि छलफल गरिएको उनले बताए ।

कार्यक्रममा काठमाण्डौ बिश्व बिद्यालयका उप–कुलपति प्राध्यापक डा. भोला थापाले कोरोनापछी नेपालमा कृषि क्रान्ती हुने भएकाले अहिलेको भन्दा धेरै रसायनिक मल आवस्यक हुने भएकाले यसमा सरकारले ध्यान दिन आवस्यक रहेको बताए । मल कारखाना स्थापना गर्नका लागि हाइड्रोजन उत्पादन गर्नका लागि उनले सुझाब दिए ।

बागती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको छ । संघीय सरकारले पनि मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौं विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले मल उद्योगको महत्व र आवश्यकताबारे प्रष्ट्पार्नु भएको थियो । उनले मल उद्योग कसरी र कुन मोडलमा सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको बारेमा समेत जानकारी गराए । मल उद्योग स्थापनाका लागि आवश्यक जग्गा र भौतिक संरचना कुन मोडलमा निर्माण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छ । एक विदेशी कम्पनीले मल उद्योग खोल्न चासो दिएपछि प्रदेश सरकारले आफ्नै लगानीमा खोल्न चासो दिएको हो ।