Swornakshar Logo

संसदबाट एमसीसी पास भएपछि विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ ।

बिहीबार विप्लवले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित टोखा पुगेर रावलसँग भेट गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ । एमाले नेता रावले पनि संसदमै एमसीसीको विरोध गरेका छन् । संसदबाट एमसीसी अनुमोदन भएसँगै महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाट बढाएका छन् ।

भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको बताईएको छ । एमाले नेता रावलले पनि ट्वीट गर्दै विप्लव र प्रकाण्डले ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ जोड दिएको बताएका छन् । रावलले भनेका छन्, ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’