Swornakshar Logo

देउवा भेट्न ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटन प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी ओली बालुवाटार गएका छन् । ओलीका सञ्चार विज्ञ रामशरण बजगाईले ओली करिब ६.३० बजे बालुवाटार पुगेका जानकारी दिएका छन् ।

आजको भेटमा एमसीसी र वर्तमान राजनीति विषयमा छन् हुने ओलीको सचिवालयले जानकारी दिएको छ ।

सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो । सत्ता पक्ष गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागि रहेका छन् । यसअघि यही फागुन ६ गते ओलीको निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको थियो ।