Swornakshar Logo

फिलिपिन्सलाई नेपालको दुई सय १९ रनको लक्ष्य

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले अविजित १०४, दिपेन्द्रसिंह ऐरीले ८३, कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाएका छन् । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा सतकीय पारी खेलेका थिए ।

ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाएका छन् । ओपनर आरिफ शेख शुन्य रनमा आउट भए । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिए ।