Swornakshar Logo

सत्तागठबन्धनको बैठक पछि प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा मान्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसका केही मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।

शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडु, सदीय दलकी सचेतक पुष्पा भुसाललाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् ।

अध्यक्ष नेपालले सात गते बस्ने आफ्नो पार्टीको स्थायी कमिटीमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र त्यसको लागि समय मागेका छन् । नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए ।