Swornakshar Logo

सत्तागठबन्धनबीच आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति

काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । शीर्ष नेताको बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको जानकारी दिए ।

उनले आठ गते अर्को बैठक बस्ने सहमति भएको पनि बताए। उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’