Swornakshar Logo

माओवादी र एकीकृत समाजवादीले भन्यो : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्छ

काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्नु भन्दा पहिलला संसदको अवरोध हट्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर संसदमा जारी अवरोध हट्नु पर्ने बताएका छन् । जसका लागि प्रधानमन्त्रीले पहल लिनु पर्ने बताए ।