Swornakshar Logo

देउवा र प्रचण्डबीच छलफल, गठबन्धन बैठक ५ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । भेटवार्तामा एमसीसीबारे छलफल भएको बताईएको छ ।

छलफल पछि सत्तारुढ गठबन्धनको बैठक ५ बजेलाई सारेका छन् ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको जनाइएको छ। गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

प्रधानमन्त्री देउवा ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड राष्ट्रिय सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने बताइसकेको छ ।