Swornakshar Logo

ढेड लाख भन्दाबढी भेडा बाख्रामा पिपिआर खोप लगाइयो

हेटौँडा । मकवानपुरमा ढेड लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप लगाईएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि सप्ताहव्यापी रुपमा खोप संचालन गरेको हो । मकवानपुर जिल्लामा मात्र १ लाख ६६ हजार ४ सय २३ वटा भेडा बाख्रालाई खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको चिकित्सक ब्रोजकिशोर ठाकुरले बताए ।

मन्त्रालयले माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियानमा प्रदेशभरी ८ लाख २१ हजार ४ सय ८९ वटा बाख्रा र ८ हजार ६ सय ९८ वटा भेडालाई खोप दिइएको थियो ।

जसमध्ये सबै भन्दा वढी खोप मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको चिकित्सक ब्रोजकिशोर ठाकुरले बताए । मन्त्रालयले गाउँगाउँमा कृषककै गोठमा पुगेर खोप लगाएको थियो । आफ्नो गोठमै आएर पशु चिकित्सकहरुले खोप लगाउँदा कृषिकहरुले बजार गएर खोप लगाउनुपर्ने बाध्यताकाबीच यस अभियानले सहज तुल्याएको भन्दै खुशी व्यक्तगरे । भेडाबाख्राको हैजाको रुपमा लिइने पिपिआर रोगले नेपालमा बर्षेनी धेरै संख्यामा भेडाबाख्राको मर्ने हुदा किसानले ठुलो क्षति व्योहोरेका कारण खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।