Swornakshar Logo

एमसीसीविरुद्ध सत्तागठबन्धनका दलहरु नै सडकमा

काठमाडौं । पाँच दलीय सत्तागठबन्धन मध्ये माओवादी केन्द्र लगायत दलभने एमसीसीका विरुद्धमा सडक आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा एमसीसी टेबुल हुने बताएका थिए । तर बुधबार नै सत्तागठबन्धनका भातृ संगठनहरु सडकमा एमसीसीको विरुद्धमा उत्रिएका हुन् ।

बुधबार भएको सडक आन्दोलनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता विजय पौडेल लगायत उपस्थित थिए ।


सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस संसदबाट एमसीसीको टुङ्गो लगाउने भनिरहेको छ तर त्यहि सत्तागठबन्धनका अन्य दलहरु भने राष्ट्रिय सहमति नहुदासम्म एमसीसी संसदमा टेबल गर्न नहुने बताउदै आएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीबारे राष्ट्रिय सहमति नहुदासम्म संसदमा टेबल गर्न नदिने निर्णय गरेको छ । साथै सरकारले एकलौटी रुपमा संसदमा टेबल गरे सरकार छोड्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।

आज भएको सडक आन्दोलनमा नयाँबानेश्वरमा सत्ता गठबन्धन दलका भातृ संगठनहरु माथि लाठि चार्ज र पानीको फोहरा हानेको छ । माउ पार्टीहरुले सरकारलाई समर्थन गरेका छन् भने त्यहि सरकारले तीनका भातृसंगठनको आन्दोलनमाथि बल प्रयोग गरेको छ ।