Swornakshar Logo

एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले चाल्ने कदमका बारेमा निर्णय गर्न बैठक बसेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

एमाले नेताहरूका अनुसार राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटा र सर्वोच्चका चार न्यायधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा गरेको बताइन्छ ।

त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको बताइएको छ। यसअघि आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो ।