Swornakshar Logo

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिज्ममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आबद्ध छन् ।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।