Swornakshar Logo

निर्वाचन मिति तोकिएकोमा एमालेद्धारा स्वागत , सोही मितिमा स्वतन्त्र चुनाव गराउनुपर्छ : पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले २०७९ वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको मिति घोषणा गर्नुलाई एमालेले सकरात्मक र स्वागतयोग्य रुपमा लिएको बताउनुभयो ।

‘चुनावको घोषणा गर्ने परिस्थिति निर्माण गर्नका लागि अलिकति मेहनत गर्नुपर्‍यो,’ पौडेलले भन्नुभयो, ‘चुनावको घोषणा हुनु स्वागतयोग्य र सकरात्मक कुरा हो।’

उपाध्यक्ष पौडेलले तोकिएको मितिमा स्वतन्त्र र त्रासरहित वातावरणमा चुनाव गराउन सरकारलाई आग्रह पनि गर्नुभयो ।

यस्तै एमाले उपमहासचिव विष्णु रिमालले मिति तोकिनु स्वागतयोग्य भएको बताउनुभयो ।

अब निर्वाचनको तयारीमा लाग्ने एमाले उपमहासचिव  रिमालले बताउनुभयो ।

‘कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो । तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,’ उपमहासचिव रिमालले भन्नुभयो, ‘सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन । हामी निर्वाचनको तयारीमा लाग्छौँ ।”