Swornakshar Logo

स्थानीय निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे ।

मन्त्रिपरिषद्‍को सोमबार बस्ने बैठकमा निर्णय गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको थियो ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।