Swornakshar Logo

यी हुन् बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित सदस्य

हेटौंडा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनले दुवै सीटमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारद्वय कृष्णप्रसाद पौडेल र गोमा तिमल्सिनाले जित हासिल गरेका हुन् ।

पौडेलले ४ हजार ७९४ मतभार ल्याएर विजयी भए भने तिमल्सिनाले ४ हजार ८२४ मतभार ल्याइन् ।

पौडेल नेपाली काँग्रेसको कोटामा र तिमल्सिनाले नेकपा एकीकृत समाजवादीको कोटामा उम्मेदवारी दिएका थिए । उनीहरु सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए ।