Swornakshar Logo

एमाले मकवानपुरका पदाधिकारीको सपथग्रहण

हेटौंडा । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका पदाधिरीहरुले शपथग्रहण गरेका छन् । कोरोना महामारी फैलीरहेको छ । उक्त समयलाई ध्यान राखेर नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । एक सय पाँच जनाको जिल्ला कमिटी भएपनि आज भने अध्यक्षसहितका पदाधिकारी र केही सदस्यहरुले सपथग्रहण गरेका हुन् ।

एमाले मकवानपुरको पार्टी कार्यलय हेटौँडामा शपथग्रहरण भएको हो। गत पुस २३–२४ मा भएको नेकपा एमाले मकवानपुरको ११ औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको थियो । सबै भन्दा पहिले अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराइएको थियो ।

अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए ।
सपथग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल सहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा एमाले मकवानपुर स्थानीय तहको निर्वाचनको लागि पूर्ण रुपमा तयार रहेको बताएका छन् । मंगलबार अध्यक्षको सपथग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले एमालेले अब मकवानपुरका हरेक वडा र टोलटोल सम्म काम गर्ने बताए ।