Swornakshar Logo

प्रचण्डपत्नी सिता दाहाल डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् । केहि दिन पहिला कोरोना संक्रमणपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

केहि दिन उनको सघन कक्ष( आइसियु)मा राखेर उपचार गरेको थियो । अहिले उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ । सिता दाहाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छिन् ।