Swornakshar Logo

घट्यो परीक्षण शुल्क ,सरकारीमा ८ सय, निजीमा १५ सय

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले शुल्क घटाएर १ हजारबाट ८ सय बनाएको छ ।

यसअघि सरकारी अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार लिने गरेको थियो । अब देखि ८ सय मात्रै तिर्नु पर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी अस्पतालहरुले अब १५ सयमा नै पीसीआर परीक्षण गर्नुपर्ने छ । यसअघि निजी प्रयोगशालालहरुले २ हजार रुपैयाँ लिदै आएका थिए ।

सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरुको भने निःशुल्क परीक्षण गर्ने जनाएको छ ।