Swornakshar Logo

भोजपुरी फिल्मका स्टार खेसारीलालको को गाडीमा आगजनी

काठमाडौं । भारतका भोजपुरी फिल्मका नायक खेसारीलाल यादवको गाडीमा आगजनी भएको छ ।

माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो । तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन । नेपालका कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् ।

जब खेसारीलाल कार्यक्रममा उपस्थित भएनन् अनि टिकट काटेकाहरूले आन्दोलन सुरु गरे । खेसारीलालका चारवटा गाडी जलाई दिए । उनका सङ्गीतका इन्ट्रुमेन्टहरु तोडफोड गरे । उनका साथमा आएका अन्य कलाकारमाथि पनि कुटपिट भयो । खेसारीलालले भने, ‘यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ न मेरो यसमा पुरै गल्ती आयोजकको छ ।’

जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित भएको जानकारी पाए ।

खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’ खेसारीलालको नाममा आयोजकले टिकट काटेको कुराको जानकारी पनि उनलाई थिएन ।