Swornakshar Logo

तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् ।
सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा सो शाखाका साथै हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले बताए। उनले भने, ‘यस क्याम्पस परिसरमा यो खोप भोली र बिहीबार पनि दिइने छ ।’ खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यस अघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन कार्कीले आग्रह गरे ।

सो खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन कार्कीले पुनः अनुरोध गरेका छन् ।