Swornakshar Logo

सुदर्शन फाउण्डेसनद्धारा जागरण मिडियालाई ल्यापटप र प्राजेक्टर सहयोग

हेटौंडा । सुदर्शन फाउन्डेसनद्धारा जागरण मिडियालाई ल्यापटप र प्रोजेक्टर सहयोग गरेको छ । फाउण्डेशनका सञ्चालक सुदर्शन प्रसाद अधिकारीले सहयोग सामग्री एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको छ । रु. १,००,०००। (अक्षेरुपी एक लाख) बराबरको मल्टिमिडिया सामग्री एकथान ल्याप्टप र प्रोजेक्टर जागरण मिडियाका अध्यक्ष मिना श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । लामो समयदेखि समाजमा भएको विक्रिति विसंगति र लागूपदार्थ दुर्व्यसन बिरुद्ध सचेतना जगाउने काम अभियानको रुपमा गर्दै आएको जागरण मिडियालाई अभियान सञ्चालन गर्न थप सहयोग पुर्याउने उद्वेश्यले सो सामग्री हस्तान्तरण गरेको बताए ।


जागर मिडियाका अध्यक्ष श्रेष्ठले आफूहरुलाई पनि थप जिम्मेवार बनाएको बताएका छन् । निस्वार्थ समाज सेवामा लागेकालाई सहयोगी मनहरुले सहयोग गरेकाले खुशि व्यक्त गर्नु भयो ।

समाजलाई टेवा पुर्याउने काम गरिरहेका तर असहज अवस्था भोगेको अवस्थाका जोकोहीलाई आफ्नो संस्थाले दिल खोलेर सहयोग गर्ने कुरा सञ्चालक सुदर्शन प्रसाद अधिकारीले बताएका छन् । कार्यक्रम लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष माधव प्रसाद न्यौपाने को अध्यक्षतामा सम्पुर्ण लायन्स कर्मिहरुको सहभागितामा सम्पन्न भएको थियो ।