Swornakshar Logo

मन्त्रीपरिषदको निर्णय मन्त्रीद्धारा नै उल्लंघन !

काठमाडौं । मन्त्रीपरिषदको निर्णय मन्त्रीले नै उल्लंघन गर्न थालेपछि अवस्था के होला ? यस्तै भएको छ,सोमबार काठमाण्डौमा ।
एक दिन अघि आईतबार सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सार्वजिनक स्थलमा २५ जना भन्दा बढि उपस्थित हुन नपाईने मन्त्रिपरिषदको निर्णय सावर्जनिक गर्नुभएको थियो । यस्तो निर्णय सबैले कार्यन्वयन गर्नका लागि थियो ।

तर सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले २४ घण्टा नवित्दै उक्त निर्णयको अबज्ञा गरिदिनु भयो । झण्डै ४० जनाभन्दा बढी पत्रकार र मन्त्रालयका कर्मचारीको भिडभाडविच तामझामका साथ पत्रकार सम्मेलन गरेर सबैलाई अचम्ममा पारिदिनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले आफ्ना १०० दिने उपलब्धी सुनाउनुभयो ।