Swornakshar Logo

सिंहदरबारभित्रै कलेजका अध्यक्षलाई कालो मोसो,पाँच विद्यार्थी पक्राउ

काठमाडौँ । आन्दोलनरत विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्।

शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ मेडिकल कलेजकै विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्।

कालो मोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।