Swornakshar Logo

झन् बढ्यो जोखीम, थपिए एकै दिन पाँच हजार ८७ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५ सय ६० नमूना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित फेला परेका हुन् ।

देशभर १८ हजार २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् भने आज तीन जनाको ज्यान गएको छ । ३ सय ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

काठमाडौंमा १ हजार ९ सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जना गरी २ हजार ६ सय २७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बढ्दो संक्रमणबाट बच्नका लागी सुरक्षाका मापदण्ड अपनाउन सर्वसाधरणमा अनुरोध गरेको छ ।