Swornakshar Logo

देखिएन निर्देशनको प्रभाव, सरकारी कार्यालयमा सेवाग्राहीको भिड

काठमाडौँ । बढ्दो कोरोना संक्रमणको तेस्रो लहर र ओमिक्रोन पुष्टि भएसंगै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी उपस्थित हुन नदिने निर्णय गरेको छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी सरकारले त्यस्तो निर्णय गरेपनि सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको छ । राहदानी विभाग त्रिपुरेश्वरस्थितमा सेवाग्राहीको भिड देख्न सकिन्छ । प्रशासनको सर्भर बिग्रिएपछि बिहानै देखी लाईनमा बसेका सेवाग्रहीहरुको काम हुन सकेको छैन ।

गत मंगलबार देखी लागु हुने गरि भिडभाड नगर्न र सावधानी अपनाउन निर्देशन दिएपनि उक्त निर्देशनको पालना प्रभावकारी हुन सकेको छैन ।