Swornakshar Logo

प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने

काठमाडौँ । प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने भएको छ। प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले  जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज(बुधबाार) आयोजित कार्यक्रममा बोल्दै  माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताए ।

प्रदेशको नामकरण र राजधानी सम्बन्धी आएका सबै प्रस्तावमाथि छलफल भइरहेको छ । प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एउटै मत रहेको छ । नामको सन्दर्भमा पनि छलफल भइरहेको छ । प्रदेशसभा समयावधि अब धेरै नरहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनु पर्ने नैतिक दबाब रहेको देखिन्छ ।

माघ ३ गते जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने शाहले विश्वास व्यक्त गरेका छन् ।