Swornakshar Logo

एमाले जिल्ला अधिवेशनः दैलेखमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित

सुर्खेत । नेकपा एमाले दैलेखे जिल्ला अधिवेशनमा भएको मतदानमा खसेको मत भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ ।

दैलेखमा एमालेको जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

जिल्ला अधिवेशनबाट नेतृत्व चयनको निर्वाचन भएको थियो । निर्वाचन पछि फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा छा् । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ ।