Swornakshar Logo

नारायणहिटीमा क्याफ्टेरिया खोल्न दिन ठेक्का सम्झौतामै मिलेमतो देखिएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा बतास समुहलाई रेस्टुरेन्ट सञ्चालनगर्न दिएको सम्झौताबारे अध्ययन गर्न गठित छानबिन समितिले ठेक्का सम्झौतामा मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

सहसचिव होमप्रसाद लुइटेल संयोजक रहेको समितिले पर्यटन मन्त्रालयलाई बुझाएको २१ पेजको प्रतिवेदनमा ठेक्का दिँदा बजार मूल्य भन्दा कम मूल्यमा जग्गा भाडामा दिएको पनि निष्कर्ष निकालिएको छ ।

नारायणहिटी दरबार संग्रहालयमा क्याट्रिङ सञ्चालनबारे अध्ययन गर्न पुस २२ गते छानबिन समिति गठन गरिएको थियो ।