Swornakshar Logo

माओवादी केन्द्रीय सदस्य  काठमाडौं बस्न नपाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने घोषणा गरेको छ । जारी आठौं महाधिवेशनमा राजनीतिक दस्तावेजमाथि उठेका प्र्रश्नको जवाफ दिदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने पार्टी केन्द्रीय सदस्यलाई पहिला जस्तो सजह नहुने भन्दै कसैले पनि काठमाडौं बस्न नपाउने बताएका छन् ।

माओवादीले पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेको छ ।

प्रचण्डले भने, ‘पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने बानी छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन् ।’