Swornakshar Logo

प्रचण्डकै बलमा संविधान बनेको होः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा शुभकामना दिदै उक्त कुरा बताएका हुन् । देउवाले प्रचण्डको राजनीतिक योगदानको चर्चा गरेका छन् ।

उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डका अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको पनि बताए । संसद पूरा समय चलोस् भनेर गठबन्धन निर्माण भएको उनले बताए ।