Swornakshar Logo

माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, तीन बजे पुनः बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव वाचन गरेर सुनाइको छ ।

शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावको संक्षेपमा व्यख्या गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठक दिउसो तीन बजे पुन बस्ने छ । तीन बजे बस्ने बैठकमा प्रस्तावमाथिथ छलफल हुने महराले जानकाकारी दिए ।

महराले भने ‘आज दुईवटा एजेण्डामा छलफल भयो । पहिलो एजेण्डा दुई पार्टी नेकपा माओवादीमा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग एकता हुँदैछ ।’