Swornakshar Logo

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश

काठमाडौं । माओवादीबाट निर्वाचित पर्साका जगरनाथपुर गाउँपालिकाका निर्वाचित अध्यक्ष जालिम मियाँ एमाले प्रवेश गरेका छन् ।

उनी बिहीबार पर्साको जगरनाथपुरमा आयोजित जनसभामा नेकपा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।

मियाँ नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपालमा कोभिड महामारी शुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरुलाई आश्रय दिएको भारतीय मिडियाले बताएका थिए ।

उनीसंगै गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट माओवादी उम्मेदवार बनी तेस्रो स्थानमा रहेका मोहम्मद सलिम मन्सूर पनि एमाले प्रवेश गरेका छन् ।